
काठमाडौं । एनसेलले आठौं संविधान दिवसको अवसरमा नयाँ दुई वटा विशेष अफर ल्याएको छ ।
ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित जम्मा ५९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस्तै, एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र ९५ रुपैयाँमा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्ने पनि कम्पनीले जनाएको छ ।
यी प्याक आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्