११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


गन्डकी प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ कलसेन्टर सुरु


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ ४ । गन्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा ‘हेलो मुख्यमन्त्री’ कलसेन्टर सुरु गरेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले कक्षको सोमबार पोखरामा उद्घाटन गरेका हुन् ।

सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न प्रदेश सरकारले कलसेन्टर सुरु गरेको हो ।

हेलो मुख्यमन्त्रीले तत्काल सर्वसाधारणका गुनासा सम्बन्धित निकायमा पुर्‍याइ सम्बोधन गर्ने मुख्यमन्त्री गुरुङले बताए ।

सर्वसाधारणले नेपाल टेलिकमको टोल फ्री नम्बर १०९४ मा फोन गरेर आफ्ना गुनासा टिपाउन सक्नेछन् ।

उक्त गुनासा तत्काल सम्बन्धित निकायमा पठाइ छिटोभन्दा छिटो समाधान गर्ने मुख्यमन्त्री गुरुङले बताए ।

गुनासा टिपाउन एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले ‘हेलो सीएम’ एनड्रोइड एप डाउनलोड गरी सोही एपमार्फत् पनि टिपाउन सक्नेछन् ।

यसैगरी, हेलो डट गन्डकी डट जीओभी डट एनपीमा गएर पनि जुनसुकै समयमा गुनासा टिपाउन सकिनेछ ।

यस्तै, मुख्यमन्त्री कार्यालयको इमेल [email protected] मा इमेल गरेर पनि गुनासाहरु टिपाउन सकिन्छ । फोनबाट भने कार्यालय समयमामात्रै गुनासाहरु टिपाउन सकिने जनाइएको छ ।