२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


वरिष्ठ संगीतकार शुभ सुनामको निधन


689
Shares

काठमाडौं । नेपालका बिख्यात स्याक्सोफोन प्लेयर एवं वरिष्ठ संगीतकार शुभबहादुर सुनामको आज (सोमबार) बिहान ७४ वर्षको उमेरमा निधन भएको छ ।

मृर्गौला रोगबाट पीडित सुनामको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो । १४ वर्षको उमेरदेखि स्याक्सोफोन बजाउन सुरू गरेका सुनामले ६ दशकसम्म नेपालको सांगितिक क्षेत्रको सेवा समेत गरेका थिए ।

नेपाली सेनामा रहेर संगीत क्षेत्रको सेवा गर्दै आएका सुनामले राजदरबारमा स्याक्सोफोन बजाउने तथा राजपरिवारका सदस्यहरूलाई संगीत सिकाउने काम समेत गरेका थिए ।

हजारौं गीतमा स्याक्सोफोन बजाएका सुनामले नेपाली सेनाको अवकाश प्राप्त सहायक रथी समेत भएका थिए ।