२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारी हिमपातका कारण हुम्लामा गाई गोठालालाई समस्या


182
Shares

काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीसहित उच्च भेगमा हिमपात भएको छ ।

होचो स्थानमा दुई दिनदेखि लगातार पानी परेपछि लिमीसहित अग्गा डाँडामा हिमपात भएको हो । भारी हिमपातका कारण हिमालहरु सेताम्य भएका छन् । हिमपातले चिसो बढेसँगै लेकमा भएका गाई गोठालालाई समस्या बनाएको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले वस्तु, याक,चौँरी र गाईलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयबासीले बताएका छन् । नाम्खा–६ को लिमी गाउँमा असोज महिनामै हिमपात भएको हो । लगातार वर्षा हुँदा हुम्लाको उत्तरी लिमीका ३ वटै तिल, हल्जी र जाङ गाउँमा एक्कासी हिमपात भएको स्थानीयबासीले बताएका छन् ।

हिमपातले अन्नबालीमा समेत क्षति पुर्याएको छ । अविरल वर्षा हुँदा वर्षको एक पटक पाक्ने बाली नाफल लगायतका अन्नपात नष्ट गरेको छ । कात्तिक अन्तिम सातादेखि हिमपाता सुरु हुनुपर्नेमा यसपटक भने असोज महिना नै सुरुमै हिउँ परेको हो ।