
काठमाडाैँ । धितोपत्र बोर्ड (सेबोन)ले आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडलाई नेपालमा लगानी कोष प्रबन्धकको काम गर्न अनुमतिपत्र दिएको छ ।
सेबोन – विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त यस इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति दिएको हो ।
आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यावसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसाय र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्ने जनाइएको छ ।
सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालनमार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्ने संस्थापक मनोज पौडेलले उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्