
काठमाडाैँ । नेपाली सांगीतिक उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको २२ औँ ईमेज अवार्ड भव्यताका साथ सम्पन्न भएको छ । आज काठमाडौको सोल्टी होटलमा आयोजना गरिएको टुबोर्ग ईमेज अर्वाडमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो ।
अर्वाडमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आर. के. मानन्धरले दर्शक, श्रोता, विज्ञापन दाता लगाएतको साथ र सहयोगका कारण ईमेज अवार्डले २२ औँ संस्करण सम्पन्न गर्न सकेको बताउनुभएको छ ।
कोरोना संक्रमण कारण दुई वर्ष हुन नसकेका ईमेज अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्त भित्र सार्वजनिक भएका गीत, संगित, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो । अवार्ड कार्यक्रममा चर्चित कलाकारहरुले मनोनयनमा परेका गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । अघिल्ला संस्करणमा १८ विधा समावेश हुँदै आएको अवार्डमा संस्करणदेखि १५ विधा समावेश गरिएको हो । त्यस्तै यो पटक सर्वोत्कृष्ट नेपहप र्याप प्रस्तुति विधा पनि समावेश गरिएको हो ।
अवार्ड कार्यक्रमको ईमेज च्यानल, ईमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३.६ र ईमेज खवर डटकमको युटुव च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । ईमेज च्यानलले नेपाली सांगितिक क्षेत्रको उत्थान, संगीतमा समर्पित संगितकर्मीको सम्मान, प्रोत्साहन एवं श्रीवृद्धिका लागि हरेक वर्ष इमेज अवार्ड गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्