२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौंमै सर्लाहीका व्यवसायीलाई कसले हान्याे गाेली ?


48.841k
Shares

काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सर्लाहीका व्यवसायी घाइते भएका छन्।

अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल सर्लाहीका व्यवसायी मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।

चार राउन्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको दर्जीमाथि गाेली चलाएकाे प्रहरीले जनाएकाे छ ।

रातो रंगको सट लगाएर पोल्सर मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले प्रहरीसमक्ष बयान दिनुभएकाे छ ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र बनाएको छ ।