२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


श्रेष्ठको अध्यक्षतामा कफ्सनमा नयाँ कार्यसमिति


481
Shares

काठमाडौं । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कफ्सन) नेपालले बिना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कफ्सनको हालैसम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।श्रेष्ठसहित उपाध्यक्षमा छिन्डुम मेनक्पा भोटे, महासचिवमा श्यामकृष्ण श्रेष्ठ, उपमहासचिवमा डिल्ली गिरि र कोषाध्यक्षमा सुदिल गोपाल आचार्य निर्वाचित भएका छन् । यसैगरी कमल गौतमको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समित गठन गरी वन क्षेत्रका सवालको सन्दर्भमा प्रतिवद्धता पत्र जारी गर्दै कफ्सन नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो ।

कार्यक्रममा सञ्जालका देशभरका महाधिवेशन प्रतिनिधि र अन्य संघ संस्थाका प्रतिनिध पनि सहभागी भएका थिए । कार्यक्रमममा देशभर विभिन्न क्षेत्रमा रहेर वन क्षेत्रमा सहजिकरण गर्दै हालको स्थानीय तह निर्वाचन २०७९ निर्वाचित भएका जनप्रतिनिधीहरु सञ्जालका १३ जना सदस्य/पदधिकारीलाई सम्मान पनि गरीएको थियो ।

वन क्षेत्र र स्थानीय समुदाय बीचको अन्तर सम्बन्धका सवाल तथा सञ्जालको भावी कार्य दिशाको बारेमा समेत महाधिवेशनमा कार्यपत्र प्रस्तुत भएका थिए ।