८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘डिजिटल नेपाल’ फ्रेमवर्क तयार


0
Shares

काठमाडौं, भदौ ४ । सन् २०२० सम्ममा नेपालमा सूचना र प्रविधिको विकास गराउने उद्देश्यसहित सन्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘फ्रेमवर्क’ तयार पारेको छ ।

‘डिजिटल नेपाल’ नाम दिइएको उक्त फ्रेमवर्कको विषयमा मन्त्रालयले सोमबार सरोकारवालाहरुसँग छलफलसमेत गरेको छ ।

फ्रेमवर्कमा सन् २०२० सम्ममा सूचना प्रविधि साक्षरता दर बढाउने, ९० प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुर्‍याउने र सरकारी कामकाजहरु सबै अनलाइनमार्पmत् गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा सन्चार मन्त्रलयका सचिव महेन्द्रमान गुरुङले सूचना प्रविधि ऐन अन्तिम चरणमा रहेको भन्दै अब प्रत्येक वडामा प्रविधिको पहुँच पुर्‍याइने बताए ।

नेपालमा ५७ प्रतिशत मानिसले मोबाइलमा इन्टरनेट प्रयोग गर्ने गरेका छन् भने ६५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले थ्रीजी चलाउने गरेका जनाइएको छ ।