
काठमाडौं । प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई अभिनेता दीपकराज गिरीले सबैलाई गाली गरेरै फिल्म चलाउने हो भन्दै प्रश्न गरेका छन् ।
मंगलबार फेसबुकमा स्टाटस लेख्दै निर्माता सन्तोषले कलाकार सरोज खनालमाथि लज्जास्पद टिप्पणी गरेपछि दीपकले सबैलाई गाली गरेरै फिल्म चलाउने हो भनेर प्रश्न गरेका छन् ।
निर्माता सन्तोषले सरोजलाई अमेरिकामा लुक्ने थिति बसालेको भन्दै कटाक्ष गरेपछि दिपकले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आक्रोश व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, म, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ् । यो लिस्ट निकै लामो हुँदैछ दिनप्रतिदिन ।’
दीपकले सन्तोषलाई प्रश्न गर्दै लेखेका छन्, ‘सबैलाई गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदा हुँदै के गर्या यो ? आफ्ना मान्छे लगाएर दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घरै नरहे कहाँ बस्छौ साथी ?’
साथै दिपकले हिन्दी भाषाका लागि नियमअनुसार कर तिर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्