२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ


130
Shares

कास्की । कास्कीमा एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-६ लेकसाइड बाराही चोकस्थित एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

एक जना पुरुषले एटीएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटीएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरीसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।