
एजेन्सी । भारतीय अभिनेता एवं गायक आयुष्मान खुराना अभिनित फिल्म ‘डाक्टर जी’ को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्म एक पुरुष डाक्टर स्त्री रोग विशेषज्ञ बन्ने कथामा आधारित छ । फिल्ममा आयुष्मानले स्त्री रोग विशेषज्ञको भूमिका निभाएका छन् । पुरुष डाक्टरले स्त्री रोग विशेषज्ञ हुदाँ भोग्नुपरेको समस्यालाई फिल्म मार्फत देखाउन खोजिएको छ ।
निर्देशक अनुभूति कश्यपको निर्देशनमा बनेको यो फिल्ममा आयुष्मानका अलावा अभिनेत्री शेफाली शाह र रकुल प्रीत सिंह मुख्य भूमिकामा रहेका छन् । फिल्ममा रकुलले आयुष्मानको प्रेमीकाको भूमिका निर्वाह गर्दैछिन् भने आयुष्मान स्त्री रोग विशेषज्ञ उदय गुप्ताको भूमिकामा रहेका छन् । त्यस्तै, शेफाली वरिष्ठ डाक्टर को भूमिकामा देखिएकी छन् ।
फिल्म आगामी अक्टोबर १४ मा रिलिज हुनेछ ।
प्रतिक्रिया दिनुहोस्