
धनगढी । अनशनरत डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेका छन् ।
स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. केसी उपचारका लागि काठमाडौं जान नमानेपछि नेपाली सेनाको स्काई ट्रक खाली फर्किएकाे छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरे पनि उनी जान अस्वीकार गरेका थिए ।
जिल्ला प्रशासनले कार्यालय कैलालीका अनुसार आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो ।
प्रशासनले भन्याे, ‘डा. केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको थियाे।’
प्रतिक्रिया दिनुहोस्