२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वीरगञ्ज नाकाबाट अर्जेन्टिनाका दुई नागरिक पक्राउ


1.183k
Shares

पर्सा । वीरगञ्ज नाकाबाट बिनाअनुमति नेपाल हुँदै भारत जाने क्रममा दुई अर्जेन्टिनाका नागरिकलाई आज वीरगञ्जस्थित अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जस्थित अध्यागमन कार्यालयका अनुसार भारत जानुपूर्व अध्यागमन कार्यालयमा बाहिर जाने अनुमति लिन ( स्ट्याम्प लगाउन) आएका एक महिला र एक पुरुषलाई नेपाल प्रवेश अनुमति नभएका कारण नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो ।

नियन्त्रणमा लिएका नागरिकमा पासपोर्ट नं एएसी १८७५५८ भएको पब्लो ग्वस्ताभो लोहोज र पासपोर्ट नं एएजी ९५६४१६ भएको मेलानी डिसेरी डिफाजियो रहेको अध्यागमन कार्यालयले जनाएको छ ।

बिनाअनुमति ८६ दिन नेपाल बसेका उनीहरुलाई अध्यागमन विभाग पठाइएको वीरगञ्जस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागत सहायक लिलबहादुर विष्टले जानकारी दिनुभयो ।

सन् २०२२ जुन २७ मा भारतको सुनौली नाकाबाट आउट स्ट्याम्प लगाई बिनाअनुमति नेपाल प्रवेश गरी नेपालका विभिन्न ठाउँमा ८६ दिन भ्रमण गरेर फर्कने क्रममा नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो ।