
झापा, असोज ४ । विषालु सर्पको डसाईबाट झापामा आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका – ३ डाकुपाडा निवासी ६५ वर्षीया कालोघात्मी राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
सर्पले डसे लगत्तै राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बनियानी ल्याइए पनि भेन्टिलेटर नहुँदा उनको मृत्यु भएको बताइएको छ ।
यस अघि उपचार केन्द्रमा भेन्टिलेटर अभाव हुँदा गत भदौ ४ गते समेत कचनकवल–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडूको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्