
काठमाडौं । पाकिस्तान विरुद्धको पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको छ ।
पााकिस्तानको कराँचीमा मंगलबार सम्पन्न खेल जित्दै इंग्ल्यान्डले ७ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ ।
खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनायो । पााकिस्तानका लागि मोहमद रिजवानले ६८ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान बाबर आजमले ३१ रन जोडे । इंग्ल्यान्डका लुक उडले ३ तथा आदील राशिदले २ विकेट लिए ।
जवाफमा पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डका अलेक्स हेल्सले ५३ रन तथा ह्यारी ब्रुक्सले अविजित ४२ रन बनाउँदै टोलीलाई विजयी गराए । बलिङतर्फ पाकिस्तानका उस्मान कादिरले २ विकेट लिए ।
पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानमा क्रिकेट श्रृंखला खेलेको हो ।
पाकिस्तान भ्रमणमा रहेको श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले पाकिस्तानमा अन्तराष्ट्रिय क्रिकेट खेल्न बन्देज लगाएको थियो । यसैको परिणाम स्वरुप पाकिस्तानले लामो सयम आफ्ना होम म्याचहरु युएईमा खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्