६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ललितपुर महानगरपालिकाद्वारा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी


208
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका कामको सर्वत्र सकारात्मक प्रभाव पर्न थालेको छ । ललितपुर महानगरपालिकाले पनि फुटपाथ र सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

ललितपुर महानगरपालिकाले आज सार्वजनिक सूचना निकाल्दै अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र आफैं हटाउन सरोकारवालाहरुलाई भनेको हो ।

नक्सा पास नभएका, मापदण्ड विपरीत बनेका, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण गरिएका तथा स्लोप, टप र सिढी हटाउन ललितपुर महानगरपालिकाले सूचना जारी गरेको हो ।