७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बजेट अभावका कारण मोतिहारी–अमलेखगञ्ज पाइपलाइनकाे काम रोकियो


52
Shares

काठमाडौं । बाराकाे मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन् ।

पाइपलाइनबाट पेट्रोल ल्याउन बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको हो । अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह नहुँदा पाइपलाइनबाट पेट्रोल आयात भएको छैन् । हाल पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको छ । भण्डारण गृहको लागत नेपाल आयल निगमले बेहोर्नुपर्ने र इन्डियन आयल कर्पाेरेसन (आईओसी) को प्राविधि सहयोगमा भण्डारगृह निर्माण हुने भएकाे छ ।

टेन्डर आह्वान गर्दा बैंक ग्यारेन्टी दिनुपर्ने हुँदा रकम अभावले गर्दा काम अगाडि बढ्ने नेपाल आयल निगम अमलेखगञ्ज कार्यालयले जनाएकाे छ । भण्डारणगृह निर्माण गर्न सामान आइसके पनि काम सुरु हुन नसकेको हाे । भण्डारणगृह निर्माण गर्न आईओसीलाई वर्क आदेशका लागि ११ करोड रुपैयाँ बैंक ब्यालेन्स देखाउन र रकम नहुँदा काम अगाडि बढ्न नसकेको निगमले बताएकाे छ ।

पेट्रोल ट्यांकरबाट आयात भइरहेको छ । अमलेखगञ्ज, थानकोट र पोखराका लागि अहिले २ हजार ट्यांकर भारतको बरौनी गएर पेट्रोल ल्याउने गरेका छन्, ढुवानी भाडा प्रतिलिटरमा तीन रुपैयाँ र ५० पैसा प्राविधिक नोक्सान हुने निगमको भनाइ छ ।

अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न ४ हजार १ सय किलोलिटर क्षमताका २ टा ट्यांकी निर्माण गरिने भएकाे छ । त्यस्तै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्यांकर ‘लोड–अनलोड’ गर्न २४ वटा ट्यांकर लोडिङ फिलिङ सेट निर्माण गरिने भएकाे छ ।

२४ वटा ट्यांकर लोडिङ फिलिङ सेटबाट स्वचालित रूपमा तेल लोड अनलोड हुन्छ । हाल नेपालमा कुनै पनि डिपोमा यस्तो प्रणाली नभएको निगमले जनाएको छ । यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागी हुने जोखिम न्यूनीकरण हुनेछ ।