
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेकाे भन्दै सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्रीकाे सचिवालयका अुनसार अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएकाे छ ।
राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिनकाे लागि छलफल डाकिएकाे हाे ।
सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमविरुद्ध संयुक्त विज्ञप्तिसमेत निकालेकाे छ ।
राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ ।
प्रतिक्रिया दिनुहोस्