१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिरञ्जीवी र सलमान अभिनित ‘गडफादर’ले रिलिजअघि नै कमायो ५० करोड


4.849k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘गडफादर’ले रिलिजअघि नै कमायो ५० करोड भारतीय रुपैयाँ कमाएको छ ।

पछिल्लो समय दक्षिण भारतीय फिल्मले बक्सअफिसमा राज गर्दै आएको छ । दक्षिण भारतीय फिल्म पुष्पा, आरआरआर, केजीएफ २ र विक्रम जस्ता फिल्म भारतमा मात्रै नभएर अन्य देशहरूमा पनि आत्याधिक रुचाइयो । यसैबीच अहिले अब फेरी चिरञ्जीवीको आगामी फिल्म ‘गडफादर’को निकै चर्चामा रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार नेटफ्लिक्सले चिरञ्जीवी र सलमानको उक्त फिल्मको ओटीटी अधिकार ५७ करोड भारतीय रुपैयाँमा किनेको छ। फिल्म निर्माण टिमले भने अहिलेसम्म यस बारे केही बाेलेका छैनन् ।

फिल्ममा चिरञ्जीवी, सलमान खान, नयनतार, पुरी जगन्नाध, सत्य देव लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई मोहन राजाले निर्देशन गरेका हुन् भने चिरञ्जीवीका छोरा राम चरण, आरवी चौधरी र एनभी प्रसादले फिल्म निर्माण गरेका हुन् ।

यो फिल्म आगामी ५ ​​अक्टोबर २०२२ पान इन्डियामा रिलिज हुनेछ ।