
काठमाडाैँ । अनेरास्ववियु क्रान्तिकारीले बानेश्वर क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो ।
राष्ट्रपति कार्यालयले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो । त्यसपछि २० भदौँमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनु भएकाे थियाे।
संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएन ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण नगर्ने निष्कर्षमा पुग्नु भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्