७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


टुकुचामाथि बनेका संरचनामा क्षति नपुर्‍याउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश


3.679k
Shares

काठमाडौं । हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएकाे छ ।

उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन रोक लगाएकाे हाे ।

बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै तत्काल हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुर्‍याउन आदेश दिएकाे हाे ।

पछिल्लाे केही दिनदेखि काठमाडाैँ महानगरपालिकाले टुकुचा खाेलामाथि निर्माण गरिएका संरचनाहरु भत्काइरहेकाे छ ।