
काठमाडौं । युक्रेन युद्धको विरोधमा रुसमा भएको प्रदर्शनमा झण्डै एक हजार प्रदर्शनकारी पक्राउ परेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा थप तीन लाख सेना खटाउने घोषणा गरेलगत्तै रुसमा विरोध प्रदर्शन गरिएको थियो ।
सो क्रममा सुरक्षाकर्मीले एक हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ ।
राजधानी मस्को र सेन्ट पिटर्सवर्ग शहरमा सबैभन्दा बढी धरपकड गरिएको छ । युक्रेनमा सैनिक बढाउने पुटिनको निर्णयलाई रुसी जनताले स्वभाविक मानेका छैनन् ।
हालैका दिनहरूमा युक्रेनी सेनाले कतिपय ठाउँहरुबाट रुसी सेनालाई खेदेका छन् । यसैको बदला लिन रुसले सैनिक तैनाथी बढाउन लागेको धेरैको बुझाई छ ।
रुसी चासो रक्षा गर्न सम्भव भएसम्मका सबै उपाय अबलम्बन गर्ने पुटिनको घोषणाले युक्रेनमा आणविक हतियार प्रयोगको सम्भावना समेत बढ्दै गएको कतिपयको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस्