६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


खोला तर्दा बगेर दुईको मृत्यु


1.118k
Shares

दैलेख । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ ।

खोला तर्दा भैरवी गाउँपालिका–२ का ४३ वर्षीय वीरबहादुर थापा र महाबु गाउँपालिका–३ का ४६ वर्षीय कृष्णबहादुर बुढाको मूत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

भैरवी गाउँपालिका र महावु गाउँपालिकाको बीचबाट बग्ने छामघाट खोला तर्ने क्रममा दुवै जनालाई बगाएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

मृत्यु भएका दुई जनाकोे शव भैरवी गाउँपालिका–१ खोली बजारनजिकै खोलाको बगरमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक थापा र बुढा नाताले सम्धी हुनुहुन्छ । वीरबहादुरले सम्धी कृष्णबहादुरलाई घर पठाउन खोला तराउने क्रममा दुवै जनालाई बगाएको प्रहरीले जनाएको छ ।

जिल्लामा आवश्यक रुपमा झोलुंगे पुलहरु नहुँदा प्रत्येक वर्ष खोला तर्दा मृत्यु हुने क्रम रोकिएको छैन ।