
ओखलढुंगा । ओखलढुंगामा रहेका ८ वटा स्थानीय तहमध्ये दुई वटाको मात्रै प्रशासकीय भवन निर्माण भइरहेको छ ।
जिल्लाको सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिकाले मात्रै भवन निर्माण गरिरहेका हुन् । दुवै स्थानीय तहले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छन् । अन्य ६ वटा स्थानीय तहले भवन निर्माणको काम नै थालेका छैनन् ।
जिल्लाका चिशंखुगढी र लिखु गाउँपालिकाको भवन निर्माणको काम ठेक्का प्रक्रियामै रोकिएको छ । स्थानीयले अपायक भन्दै अदालती बाटो रोजेपछि दुवै गाउँपालिकाको भवन निर्माण अन्योल भएको हो ।
जिल्लाका अन्य ४ वटा स्थानीय तहले पनि भवन निर्माणको सुरसार गरेका छैनन् । उनीहरुले उपयुक्त जग्गा नभेटिएको, जग्गामा विवाद भएको लगायतका समस्या देखाउँदै भवन निर्माणको काममा आलटाल गरिरहेका छन् ।
भवन निर्माण नहुँदा यहाँका अधिकांश स्थानीय तहले पुराना गाविस भवन, कृषि सेवा केन्द्र भवन र अस्थायी टहरा निर्माण गरेर कार्यालय सञ्चालन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्