
एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीका पति तथा अद्योगपति राज कुन्द्राले पोर्नोग्राफी मुद्दामा पहिलो पटक मौनता तोडेका छन् ।
जब कुन्द्रको नाम पोर्नोग्राफी मुद्दामा जोडीयो तब यो घटनाले राज कुन्द्राको पूरै जीवन परिवर्तन गरिदियो । अब कुन्द्राले यस विषयमा सामाजिक सञ्जाल मार्फत केही बोलेका छन् ।
भारतीय सञ्चार माधमका अनुसार उनले बिहीबार ट्वीट गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘आर्थर रोड जेलबाट रिहा भएको आज एक वर्ष पूरा भएको छ, छिट्टै सत्य बाहिर आउनेछ ।’ यस ट्वीट मार्फत कुन्द्रले आफुनो प्रसंशक र आलोचक दुवैलाई धन्यवाद दिएका छन् । कुन्द्राले यो ट्विटसँगै आफ्नो एक तस्वीर पनि सार्वजनिक गरेका छन् । उक्त तस्वीर मार्फत पूरा विषयवस्तु थाहा नभए सम्म केही नबोल्न आग्रह गरेका छन् ।
गत महिना कुन्द्राले यस मुद्दाबाट आफ्नो नाम हटाएर आरोपबाट सफाइ दिनुपर्ने भन्दै अदालतमा निवेदन दिएका थिए । तर, दोषी प्रमाणित गर्न पर्याप्त प्रमाण छ भन्दै अभियोजन पक्षले कुन्द्राको निवेदन माथि विरोध गरेको थियो ।
गत वर्ष मुम्बई प्रहरीको अपराध शाखाले कुन्द्रालाई पोर्न फिल्म बनाएको आरोपमा पक्राउ गरेको थियो । कुन्द्राको नाम त्यतिबेला चर्चामा समेत आएको थियो । जब केही मोडल र संघर्षरत अभिनेत्रीले उनलाई जबरजस्ती पोर्न फिल्ममा काम गर्न लगाइएको आरोप समेत लगाएका थिए । त्यसपछि प्रहरीले अनुसन्धानका क्रममा परिसरमा छापा मारेर कुन्द्रालाई पक्राउ गरेको थियो ।
पोर्नोग्राफी मुद्दामा मुम्बई प्रहरीले पक्राउ गरेपछि कुन्द्रालाई २ महिना जेलमा समेत राखेको थियो । लामो अदालती कारबाहीका कारण कुन्द्राले सेप्टेम्बर २०२१ मा मुम्बई अदालतबाट जमानत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्