
web pic
काठमाडौं । भक्तपुरको सूर्यविनायक चोकमा आज बिहीकार बिहान पर्यटक बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।
सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले बिहान ८ बजे पैदल हिडिरहेकी भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा डा. ईवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस सहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्