१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धादिङमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु, ठक्कर दिने गाडीमा आगजनी


2.041k
Shares

काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीय बासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।

गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको हो ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

घटनापछि आक्रोशित स्थानीय र विद्यार्थीले पृथ्वी राजमार्ग अवरूद्ध गरेका छन् । साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका हुन् ।

उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।