११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


‘अभियोग पुष्टि नहुँदै निलम्बित प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्नु राज्यआतंकको परकाष्ठा’


104
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबराको बचाउमा उत्रिनु भएकाे छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म डाेरमा राखेकाेप्रति आपत्ति जनाउनु भयाे ।

उहाँले अहिले संसद्को नै अवधि सकिएको भन्दै महाभियोग पनि सकिएको बताए । उनले प्रधानन्यायाधीशको छोरी घरबाट बाहिर निस्कँदा दिनभरी प्रहरी कष्टडीमा राखेको भन्दै गठबन्धनले लोकतन्त्रकै उपहास गरेको बताउनु भयाे ।

उनले व्यक्ति प्रधानन्यायाधीश कस्तो भन्नेमा आफू नजाने भन्दै कानुनअनुसार सबैसँग व्यवहार हुनुपर्ने बताए । ओलीले प्रधानन्यायाधीशको सुरक्षा खोसिएकोमा पनि आपत्ति जनाए ।