
काठमाडौं । सानो पर्दाबाट चम्किएका कलाकार बुद्धि तामाङले लगनगाँठो कस्ने भएका छन् ।
मकवानपुरकी अनु थिङ तामाङसँग बुद्धिले यही शुक्रबार विवाह गर्न लागेका हुन् । उनीहरूको तामाङ परम्परा अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह हुने भएको छ ।
११ वर्ष चलचित्र क्षेत्रमा बिताइसकेका बुद्धिले थुप्रै चलचित्रहरूमा अभिनय गरेका छन् । साथै उनको ‘हैट’ थेगो निकै लोकप्रिय मानिन्छ ।
बुद्धिले अनुसँग मागी विवाह गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्