२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


कृष्ण बलामीको ‘राजा रानी’ गीत सार्वजनिक


2.093k
Shares

काठमाडौं । गायक कृष्ण बलामीको स्वर र शब्दमा ‘राजा रानी’ बोलको गीत सार्वजनिक भएको छ ।

सन्तोष श्रेष्ठले निर्माण गरेको उक्त गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । आभा थापा र रोमन श्रेष्ठको अभिनय रहेको गीतमा धनेश परियारको संगीत रहेको छ ।

गीतको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने दिनेश न्यौपानेले एरेन्ज गरेका हुन् ।

उक्त गीतको भिडियोलाई बन्दे मोक्तानले सम्पादन गरेका हुन्।