२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत


260
Shares

भक्तपुर । भक्तपुर १५ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपाली पक्राउ परेका हुन् ।

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।