१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैनः शहरीमन्त्री चौधरी


650
Shares

काठमाडाैँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भए पनि बन्नुपर्ने बताउनुभएको छ ।

बिहीवार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताउनु भयो। मन्त्री चौधरीले दाङका नेताहरु मन्त्री हुँदासमेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताउनु भयो ।

उहाँले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरु आउने प्रतिबद्धता जनाउने तर काम नगरेको आरोप लगाउनु भयो । मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरुले सबैभन्दा बढी चासो राख्नुपर्ने बताउनु भयो । उहाँले विमानस्थल विस्तारको बजेटका लागि आफूहरुले पहल गर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गरेर चाँडै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले अब टेक्नोलोजीको समस्यालाई देखाएर वा बहाना बनाएर विमानस्थल सञ्चालन नहुने विषय सह्य नहुने चेतावनी दिनुभयो ।