१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१६ औं संस्करण को ‘बिग बोस’ शो मा राज कुन्द्रा देखिन सक्ने


533
Shares

एजेन्सी । भारतीय रियालिटी शो बिग बोस सिजन १६ चाँडै आउने तयारीमा छ ।

शोको बारेमा हरेक दिन नयाँ अपडेटहरू आउँदैछन् । यसैबीच, बिग बोसको यो सिजनमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि देखिन सक्ने बताइएको छ ।

यति मात्र होइन, राजले यस शोमा सहभागी हुनका लागि शोको निर्मातासँग मोटो पारिश्रमिक पनि लिने खबर आएको छ । यद्यपी राजले अहिलेसम्म यसको आधिकारिक पुष्टि भने गरेका छैनन् ।

भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार बिग बोसका राज कुन्द्रालाई आफ्नो शोको हिस्सा बनाउन चाहन्छन् । यस विषयमा बिग बोस र राज कुन्द्राबीच कुराकानी भइरहेको छ । उनले यो शो बाट कमाएको पैसा एक एनजीओलाई दिने पनि खबर पनि आएको छ ।

सन् २०२१ राज कुन्द्राका लागि निकै खराब रह्यो । पोर्न फिल्म बनाएको आरोपमा राजलाई मुम्बई प्रहरीको अपराध शाखाले पक्राउ गरेको थियो । वास्तवमा केही मोडल र संघर्षरत अभिनेत्रीहरूले आफूलाई जबरजस्ती पोर्न फिल्ममा काम गर्न लगाइएको आरोप लगाएका थिए । जसका कारण राजको छवि बिग्रियो । यस्तो अवस्थामा राज यस शोमा आए भने आफ्नो छवि बदल्ने प्रयास गर्नेछन् ।

मिस इन्डिया रनर अप मन्या सिंह, जस्ट सुल, टिभि अभिनेत्री टिना दत्त, शिविन नारङ र शालीन भानोट यस कार्यक्रमका लागि पक्का भइसकेका छन् । यसका अलावा शोमा कनिका मान, मदिराक्षी मुंडे, मुनवर फारुकी, जन्नत जुबैर र करण पटेल पनि देखिने चर्चा चलिरहेको छ ।