
तस्वीर : केदार घिमिरेको फेसबुकबाट
काठमाडौं । सानो पर्दाबाट चम्किएका हास्यकलाकार बुद्धि तामाङले आज शुक्रबार विवाह गरेका छन् ।
मकवानपुरकी अनु थिङ तामाङसँग बुद्धिले शुक्रबार विवाह गरेका हुन् । यो जोडीको तामाङ परम्परा अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह भएको हो । बुद्धिले अनुसँग मागी विवाह गरेका हुन् ।
११ वर्ष चलचित्र क्षेत्रमा बिताइसकेका बुद्धिले थुप्रै चलचित्रहरूमा अभिनय गरेका छन् । साथै उनको ‘हैट’ थेगो निकै लोकप्रिय मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्