२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

पाकिस्तानका अभिनेता फिरोज खानलाई पूर्वपत्नीद्वारा घरेलु हिंसाको आरोप


156
Shares

एजेन्सी । पाकिस्तानका अभिनेता फिरोज खानलाई उनकी पूर्वपत्नी अलिजे सुल्तानले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् ।

अभिनेता खान पूर्वपत्नी सुल्तानसँग अलग भएका छन् । दुवै जनाले ४ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गरेका छन् । यसैबीच अहिले पूर्वपत्नीले खानमाथि धेरै गम्भीर आरोप लगाएकी छन् । आरोपहरू बाहिर आएपछि खानकाे सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेकाे छ ।

सुल्तानले आफ्नो इन्स्टाग्राममा एक पोस्ट समेत सेयर गरेकी छन् । अहिले यो पोस्ट सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ । सुल्तानले पोस्टमा यस्ताे लेखेकी छन्,- ‘हाम्रो ४ वर्षको वैवाहिक जीवन पूर्णतया अराजक थियो । यस अवधिमा मैले निरन्तर शारीरिक र मानसिक हिंसाको सामना गर्नुपर्यो।’

अभिनेता खानले पनि उनले लगाएका आरोपकाे प्रतिक्रिया दिएका छन् । खानले आफूलाई पाकिस्तानको कानूनमा पूर्ण विश्वास रहेको बताएका छन् । उनले सुल्तानसँगको वैवाहिक सम्बन्ध विच्छेद ३ सेप्टेम्बर २०२२ मा तय भएको पनि जानकारी गराएका छन् ।

खानले आफ्नो सन्तानलाई भेट्न पाउनुपर्ने अधिकारको माग गर्दै पारिवारिक कानून अदालतमा मुद्दा समेत दर्ता गरेका छन् ।