१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणगढ–मुग्लिन सडक अवरुद्ध


104
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि शुक्रबार रातिदेखि सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसे पछि सडक अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

सडक अवरूद्ध भएपछि दुबै तर्फ सवारीको लामो लाइन लागेको छ ।