
फाइल तस्विर
काठमाडौं । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आज शनिबारदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै असोज ८ गते शनिबारदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।
चाडपर्वमा दुर्घटना रहित यात्राका लागि शुभकामना व्यक्त गर्दै कार्यालयले काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्