
काठमाडौं । अभिनेता दयाहाङ राई शुक्रबार दोस्रो सन्तानको बाबु बनेका छन् ।
दयाहाङकी श्रीमती बेनुकाले शुक्रबार बिहान इशान अस्पतालमा दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् ।
२०६५ सालमा विवाह गरेका उनीहरूको २०६९ सालमा पहिलो सन्तान छोरा थिए ।
पहिलो छोरा १० वर्षको भएपछि उनीहरूले दोस्रो सन्तानलाई जन्म दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्