२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कर्णालीमा दशैं सुरक्षामा थप कडाइ


26
Shares

काठमाडौं । चाडपर्व नजिकिएसँगै हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णाली प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतबाट नेपाल छिर्ने नाकाको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । सुरक्षालाई मध्यनजर गर्दे कर्णाली प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी खटाइने भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी जनशक्ति खटाइने जनाएको हो ।

चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शंकास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा १ सय २५ नियमित क्यूआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ ।

ट्राफिकसहित संयुक्त रूपमा ५३ स्थानमा आकस्मिक जाँच तथा चोरी, तस्करी, लागूऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ । झैंझगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।

चाडपर्वको नाममा हुनसक्ने सबै प्रकारका आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्न वातावरण निर्माण गर्न उक्त कार्ययोजना तयार गरिएको हो ।