
बागलुङ । बागलुङका ग्रामीण सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ । असारदेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि नियमित सञ्चालनमा आउन नसक्दा समस्या बढ्दै गएको स्थानीयले बताएका छन ।
वर्षाले क्षतविक्षत बनेका सडक दसैँ आउन लाग्दा पनि मर्मत गरीएको छैन् । तीन महिनादेखि बन्द सडक मर्मत नहुँदा स्थानीयवासी मर्कामा परेका छन् । गाउँमा पुगेका अधिकांश सडक बिना सर्भेक्षण निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन नसकेको हो ।
यातायातका साधन सञ्चालन हुन नसके पछि बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्ने बाध्यता छ । सडक मर्मत नहुँदा बिरामी बोकेरै लैजानु पर्ने अवस्था छ । बर्खाका कारण सडकको दर्जनौँ स्थान पहिराले पुरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्