१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डेंगु लागेर मृत्यु हुनेको संख्या २९ पुग्यो


247
Shares

काठमाडौं । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ ।

लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३, सुदूरपश्चिम प्रदेशका ७७७ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

भक्तपुर, ललितपुर लगायतका संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।