९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


गत २४ घण्टामा थप ७४ जनामा काेराेना पुष्टि, एकको मृत्यु


221
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेही अविधिमा एक जनाको मृत्यु भएको हाे । गत २४ घण्टामा ४ हजार १ सय २६ जनामा कोरोना परीक्षण गर्दा ७४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शनिबार १ सय १६ जना कोरोना संक्रमित संक्रमणमुुक्त भएका छन् । देशभर हाल १ हजार २ सय ८३ जना काेराेनाका सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।