२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै : कमल थापा


13
Shares

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आज हेटौंडामा आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियता संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि राष्ट्रवादी शक्ति मिल्नुको विकल्प नभएको तर्क गर्नुभयो ।

उहाँले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राष्ट्रवादी शक्ति रोज्न आग्रह गर्नुभयो ।

मकवानपुरको अपूरो विकासको काम सम्पन्न गर्न चुनावी मैदानमा आफू आउन चाहेको भन्दै थापाले अब जनताको सेवाबाहेक अरु कुनै चाह नरहेको स्पष्ट गर्नुभयो ।