१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सहमतिपछि डा. गोविन्द केसीले अनशन तोड्दै


260
Shares

काठमाडौं । डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।

७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्ने बताइएकाे छ ।

सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयाे ।

डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण नि:शुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन बस्नु भएकाे हाे ।

डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएका उनलाई पछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो ।

शनिबार दिउँसो पनि डा. केसीको पक्षमा माइतीघरमा पनि प्रदर्शन भएको थियो ।