२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


काठमाडौंको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा एकको मृत्यु


3.523k
Shares

काठमाडौं । काठमाडौंको बसुन्धारामा आइतबार बिहान पौने २ बजे ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक गोरखाको बार्पाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबान्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्सी सहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।