
एजेन्सी । भारतीय फिल्म ‘थ्याङ्क गड’मा भगवान चित्रगुप्तको अपमान गरेको आरोपमा आपत्तिजनक दृश्य हटाउन माग गर्दै मुद्दा दर्ता भएको छ ।
फिल्मले ट्रेलर सार्वजनिक भएदेखि विरोधको सामना गरिरहेको छ । तर, अहिले राजस्थानको कायस्थ समाजले यसविरुद्ध मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा उनीहरूले फिल्मले आफ्नो धार्मिक भावनामा चोट पुगेको बताएका छन् । साथै यो फिल्मले आफ्ना पूज्य भगवान श्री चित्रगुप्तको अपमान गरेको पनि बताएका छन् ।
कायस्थ महासभाका उपाध्यक्ष सञ्जीव श्रीवास्तवले उजुरीमा भने, ‘फिल्मको ट्रेलरमा भगवान चित्रगुप्तलाई आधुनिक पोशाकमा अर्धनग्न युवतीहरूका बीचमा देखाइएको छ। यसले हाम्रो धार्मिक भावनामा चोट पुर्याएको छ । त्यसैले यी सबै आपत्तिजनक दृश्यहरू फिल्मबाट हटाइनु पर्छ ।’
फिल्ममा भएका आपत्तिजनक दृश्य हटाउन माग गर्दै राजस्थानको कायस्थ समाजले यसविरुद्ध मुद्दा दर्ता गराएका छन् । फिल्मलाई भारतमा बाहेक कुवेत सेन्सर बोर्डले समेत प्रतिबन्ध लगाइसकेको छ ।
इन्द्र कुमारद्वारा निर्देशित यस फिल्ममा अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रित सिंहको मुख्य भूमिका रहेको छ । सोही फिल्म आगामी २४ अक्टोबरमा रिलिज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्