
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान जारीपछिको दोस्रो निर्वाचन संघीयतालाई कार्यान्वयन गर्ने भएको बताउनुभयो ।
निर्वाचनपछि केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्न कांग्रेस तयार रहेको उहाँको भनाई छ ।
नेता सिंहले नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउनु भयो । उहाँले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताउनुभयो ।
नेता सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभयो ।
उहाँले आगामी शैक्षिक नीतिमा विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने दाबी गर्नुभयो । उहाँले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताउनुभयो ।
शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्