
सुनसरी । प्रदेश-१ सरकारको मुख्य न्याधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त हुनुभएकाे छ ।
प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले बिहिबार राईलाई मुख्य न्यायाधीक्तामा नियुक्त गर्नुभएकाे हाे । ययअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्रीले राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई प्रदेश-१ का प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएकाे हाे ।
मुख्यन्यायाधिवक्ता राइले आइतबार नै पदभार सम्महाल्नुभएकाे छ । २० वर्षदेखि कानून व्यवसायीको रुममा काम गरिसक्नुभएका नवनियुक्त मुख्य न्यायाधिवक्ता राइले एलएलएमसम्मको अध्ययन गर्नुभएकाे छ ।
खोटाङको साकेला गाउँपालिका-२ मा स्थायी घर हुनुभएका उहाँ नेकपा एकीकृत समाजवादी पार्टी निकटका कानून व्यवसायी समेत हुनुहुन्थ्याे ।
प्रतिक्रिया दिनुहोस्