७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लागुऔषधसहित ७ जना पक्राउ


182
Shares

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ३ केजी गाँजासहित भारत घर भएका ७० वर्षीय ब्रहमबाबा केवटलाई शनिबार प्रहरीले पक्राउ गरेको हाे। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

यसैगरी पर्साकै वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट ५ सय मिलिग्राम सेतो हेरोइन र नाइट्राभेट १२ ट्याब्लेटसहित भारत घर भएका १९ वर्षीय आशिष शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूराे शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई चेक जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

मोरङको रंगेली नगरपालिका–९ पट्वारी टोलस्थित सडकबाट नियन्त्रित लागुऔषध हाइड्रोकलोराइड २ हजार ५ सय ट्याब्लेट र डिसिक्लोमाइन हाइड्रोक्लोराइड ५ सय ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४१ वर्षीय सुरेश कुमार साह छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीले को २४ प ६८०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी मोटरसाइकल चालक साहलाई पक्राउ गरेको हो।

सिरहाको नरहा गाउँपालिका–३ नयाँ चौहर्वा चोकबाट ५ केजी गाँजा ५ सहित गोलबजार नगरपालिका–१० धर्मपुर टोल बस्ने २६ वर्षीय अनिल मुखिया लगायत ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूराे सिराहा शाखा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले स ९ प ६६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।